दोलखा । जिल्लाका अलैँची कृषकहरूले अलैँची टिप्न सुरु गरेका छन् । यहाँका मध्यपहाडी क्षेत्रका लगाइएको अलैँची टिप्न सुरु गरिएको हो । अलैँची साउन अन्तिम सातादेखि टिप्न सुरु गरिन्छ । जिल्लाका प्रायः सबै क्षेत्रमा अलैँचीको खेती हुँदै आएको छ ।
जिल्लाको बिगु, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा बढी अलैँचीखेती हुनेगरेको छ । यद्यपि पछिल्लो समय अलैँचीको मूल्यमा गिरावट आएपछि यसको खेती पनि घट्दै गएको छ । केही वर्षअघि निकै माग र मूल्य रहेको अलैँचीको पछिल्ला वर्षहरूमा भने दुवैमा गिरावट आएको किसानहरूले बताएका छन् । यसवर्ष अलैँची बिक्रीको सुरुवाती समय भएकाले मूल्य न्यून रहेको अलैँची व्यापारी राजकुमार तामाङले बताए ।
गतवर्ष पनि अलैँची किनबेचको सुरुको महिना भदौमा प्रतिकेजी पाँच सय रूपैयाँ रहेको थियो । छिमेकी देश भारतमा यसको माग बढे मंसिरपछि भने मूल्यमा केही सुधार आउनसक्ने तामाङले बताए । मंसिरपछि भने प्रतिकेजी एक हजार रूपैयाँभन्दा माथि हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि अलैँचीलाई कालो सुनको रूपमा लिइने गरिन्थ्यो । तर पछिल्लो समयमा यसको माग खस्कँदै गएको छ ।
अलैँचीको माग र भाउ ओरोलो लागे पनि जिल्लामा लाखौँको अलैँची उत्पादन हुँदै आएको छ । गतवर्ष दोलखाको बैतेश्वर गाउँपालिकाबाट मात्रै करिब दुई करोडबराबरको अलैँची उत्पादन भएको अलैँची कृषक दिनेश तामाङले बताए । तामाङले गतवर्ष अलैँची बिक्रीबाट ९० हजार आम्दानी गरेको सुनाए । भारत र बंगलादेशमा कात्तिकपछि भाउ र माग वृद्धि भएकाले अघिल्लो वर्ष अलैँची बिक्रीबाट राम्रो आम्दानी लिएको उनको भनाइ छ । यस वर्ष भने अलैँचीको बिरुवामा रोग लागेर धेरै अलैँचीको बोट सुकेको हुँदा उत्पादन घटेको उनले बताए ।
अलैँचीको उत्पादनमा अब्बल मानिने मिर्गे जैनालु गाउँका प्रत्येक किसानले अलैँची बिक्रीबाटै घरखर्च धान्ने गरेका छन् । सिजनमा यहाँका किसानले ४० हजारदेखि चार लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । जैनालुका किसानलाई भदौदेखि मंसिरसम्मको समयमा अलैँची काट्न र अलैँची सुकाउन भ्याइनभ्याइ हुने गर्छ । गाउँमा रहेकोे दुईटा अलैँची भट्टीमा दैनिक अलैँची सुकाउनेहरूको लाइन लाग्ने गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया