काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । सीआईबीका अनुसार सप्तरी कृष्णासरवन गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई आइतबार प्रहरीले पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले छ दिन कैद र १७ लाख ७७ हजार एक सय ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी देवलाई कीर्तिपुर मैत्रीनगरबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार रंजिता कुमारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एभरेष्ट बैंक लिमिटेड कालिमाटी शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको सीआईबीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया