हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको विजेतालाई पुरस्कार वितरण
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
कम्पनीले थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरेको हो । विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिहरुले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले तीन लाखसम्म रुपैयाँको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए ।
हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको विजेताको घोषणा लक्की ड्रमार्फत गत भदौ ९ गते गरिएको थियो । उक्त अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाई आई२० जितेका थिए । सो योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागू गरिएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया