भायानेटले ल्यायोे आकर्षक दशैँ अफर
काठमाडौं । दशैंमा आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक दशैँ अफर ल्याएको छ । अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरुले नोकिया बिकन १.१ मेस राउटर वा एम आई ४. एडुअल व्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।
यस्तै भायानेटको अल्ट्रा फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९ सय ९९ रुपैयाँ प्रतिमहिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल व्यान्ड ओ.एन.यु सँगै ग्राहकहरुले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल व्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । कम्पनीका अनुसार ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैयाँ र एमआई ४.ए राउटरको लागि १ हजार ५ सय रुपैयाँ डिपोजिट गर्नुपर्नेछ ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई सस्तोमा घरभरी वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको जनाएको छ । साथै भायानेटले वार्षिक सदस्यता मात्र १ सय ५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्स मात्र ५ सय रुपैयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरुका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया