इस्लामावाद । पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ । प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफल बारे जानकारी दिएका हुन् । समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका क्रममा उनीहरू बीच भेट भएको हो ।
‘रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मकरूपमा लिएको हो’ भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् ।
द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा इमरान र उनका समर्थकहरूले अमेरिकाको कठपुतली सरकार भनेर आरोप लगाउँदै आएको नयाँ सरकारसँग मस्को काम गर्न इच्छुक नभएको कुनै संकेत भने दिइएको छैन ।
रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेनविरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन संयुक्त राज्य अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ । पाकिस्तानको मासिक इन्धन आयात जुनमा चार वर्षकै उच्चमा पुग्ने अनुमान गरिएको थियो । देशको इन्धन तेलको आयात मे महिनामा छ लाख ३० हजार टन पुगेपछि यो महिना करिब सात लाख पुग्नसक्ने अनुमान छ । आयात पछिल्लो पटक मे २०१८ मा छ लाख ८० हजार टन र जुन २०१७ मा सात लाख ४१ हजार टन पुगेको थियो ।
यसैबीच, जुनमा अमेरिकाले युक्रेन द्वन्द्वमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राखेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रुसको सैन्य र रक्षा औद्योगिक आधारलाई सहयोग गरेको भन्दै चीनका पाँच कम्पनीलाई व्यापारिक कालोसूचीमा राखेको छ ।
अल जजीराका अनुसार रूस, युएई, लिथुआनिया, पाकिस्तान, सिंगापुर, बेलाइत, उज्वेकिस्तान र भियतनाम लगायत देशहरूबाट थप ३१ संस्थालाई पनि कालोसूचीमा थपिएको छ । थपिएका ३६ कम्पनीमध्ये २५ वटा चीनमा आधारित रहेर सञ्चालित थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया