एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक
काठमाडौं । एनसेल आजियटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यी प्याकहरु शुक्रबारदेखि लागू हुने कम्पनीले जनाएको छ ।
यी प्याकहरुबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । एक दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् ।
त्यस्तै सात दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले दुई सय ४९ रुपैयाँमा ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित मात्र सात सय ४९ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकताअनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया