झ्यालले औँला च्यापेपछि दश लाख बढी कार फिर्ता लिँदै टेस्ला
अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले अमेरिकी बजारबाट ११ लाख कार फिर्ता लिने भएको छ । कारका झ्याल छिटो लाग्ने र मानिसहरुको औँला च्यापिने समस्या देखिएको भन्दै कम्पनीले लाखौँ कार फिर्ता लिनलागेको हो ।
अमेरिकी नियामकले तयार पारेको यससम्बन्धी कागजातमा झ्याल लगाउन समस्या आएको उल्लेख छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले भने उक्त भनाइलाई असान्दर्भिक भनेका छन् । यसकै लागि कार फिर्ता गर्नु नपर्ने पनि उनले दाबी गरेका छन् । एक सफ्टवेयर अपडेट गर्दा सबै ठीक हुने उनको भनाइ छ ।
तर द न्याशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले भने उक्त समस्या सुरक्षा मापदण्डको उल्लंघन हुने जनाएको छ । टेस्ला विश्वकै ठूलो विद्युतीय कार निर्माता हो । ससाना कुरामा पनि फिर्ता पठाउने गरेको भन्दै मस्कले प्रहरीले मजाक गरेको बताउने गरेका छन् । यसअघि पनि टेस्लाले पछाडिका क्यामेरा, बनेट ल्याचेस, सिटबेल्ट रिमाइन्डर, साउन्ड सिस्टम सफ्टवेयरमा समस्या सिर्जना भएका कारण फिर्ता गरिसकेको छ । पछिल्लो समस्या भने टेस्लाका सबै चारवटै मोडलमा देखिएको छ । खासगरी २०१७/०२२ मा बनेका मोडेल ३ सेडान र केही २०२०/०२१ मा बनेका मोडेल वाई एसयूभीहरु, मोडेल एस सेडान र मोडेल एक्स एसयूभीमा समस्या देखिएको हो ।
टेस्लाले अगस्टमा उत्पादन परीक्षणका दौडान स्वचालित झ्यालसँग अहिले भेटिएको समस्या पहिचान गरेको थियो । नोभेम्बर १५ बाट कारमालिकले पत्र प्राप्त गर्नेछन् । कम्पनीले सेप्टेम्बर १३ पछि बनेका कारमा भने सफ्टवेयर अपडेट गरिसकेको संकेत गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया