इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध अभियोग दायर
तेहरान । इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो । तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे ।
सालेहीले भने, ‘उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहुदी शासनका लागि जासुसीमा सहयोग प¥याएको, राष्ट्रिय सुरक्षामा खलल पु-याउने उद्देश्यले मिलेमतो गरेको र ‘राष्ट्रिय सुरक्षाविरुद्धको कारबाही’ समावेश छ ।’ इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेसिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ ।
इजरायलले यस हत्याबारे कुनै टिप्पणी गरेको छैन । सन् २०१८ मा इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फखरीजादेहले इरानको आणविक बम बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया