नेप्सेको निरन्तरको ओरालो यात्राको असर
एक वर्षमा १५ खर्ब रुपैयाँले घट्यो धितोपत्र बजार पुँजीकरण
काठमाडौं । सेयरबजार परिसूचक निरन्तर ओरालो लाग्दा यसको असर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरणमा परेको छ । सो अनुसार एक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण १५ खर्ब रुपैयाँले घटेको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०७९ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड रुपैयाँ मात्र कायम छ ।
राष्ट्र बैंकका अनुसार २०७८ साउन मसान्तमा भने यस्तो बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । सो अनुसार २०७९ साउनमा धितोपत्रको कुल बजार पुँजीकरणमा गत आवको सोही अवधिको तुलनामा झण्डै १५ खर्ब रुपैयाँले कमी आएको छ । यसैगरी २०७८ साउन मसान्तमा ३१ सय ६० दशमलव एक अंकमा रहेको नेप्से सूचकांक २०७९ साउन मसान्तमा भने घटेर दुई हजार ४१ दशमलव एक अंकमा खुम्चिएको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ३५ कायम भएको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छवटा लगानी कम्पनी, पाँचवटा होटल, चारवटा व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७८ साउनमा भने सूचीकृत कम्पनीहरूको संख्या दुई सय २० वटा रहेको राष्ट्र बैंकको भनाइ छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ दशमलव आठ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ११ दशमलव दुई प्रतिशत, लगानी कम्पनीको सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको चार दशमलव दुई प्रतिशत, होटेलको एक दशमलव छ प्रतिशत, व्यापारिक संस्थाको शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव सात प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ साउनसम्ममा सूचीकृत छ अर्ब ७४ करोड सेयरको चुक्ता मूल्य छ खर्ब ६४ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा ३५ अर्बबराबरको विकास ऋणपत्र, आठ अर्ब ११ करोडबराबरको बोनस सेयर, पाँच अर्ब ७४ करोडबराबरको डिबेन्चर, चार अर्ब ७८ करोड बराबरको साधारण सेयर, दुई अर्ब २४ करोडबराबरको म्युचुअल फण्ड र २३ करोडबराबरको हकप्रद सेयर गरी कुल ५६ अर्ब १० करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यसैगरी चालू आवको पहिलो महिनामा नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ३७ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यसअन्तर्गत तीन अर्ब चार करोडबराबरको डिबेन्चर, एक अर्ब २० करोडबराबरको म्युचुअल फण्ड, ९५ करोडबराबरको हकप्रद सेयर र १७ करोड सात लाख रुपैयाँबराबरको साधारण सेयर रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया