तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो
सोलुखुम्बु । चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरूले बताएका छन् । तिहारमा भाइटीकापछि माइतीले चेलीलाई उपहारस्वरूप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्माले बताए ।
सोहीअनुसार जिल्ला सदरमुकामस्थित नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीबारेलगायतका साप्ताहिक हाटहरूमा डाली खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् । तामाको डाली सोलुुमै निर्माण हुने भएकाले पछिल्लो सयम यसको महत्व बढिरहेको सल्लेरीका व्यापारी हर्कजित घिमिरेले बताए । विगतमा डाली उपहार दिने चलन कम भए पनि केही वर्षयता उपहारको रूपमा डाली दिने चलन बढ्दै गएको उनको भनाइ छ । जिल्लामा नै विश्वकर्मा समुदायहरूले हातले नै तयार गर्ने तामाको ढाली अहिले कर्मचारीहरूको समेत रोजाइ बन्न थाएको छ । जिल्लामा काम गर्ने कर्मचारीहरू तिहारमा घर जाँदा कोसेली तथा उपहारको रूपमा लैजान धमाधम खरिद गरिरहेका छन् ।
सल्लेरीका व्यापारी रमन बहादुर विश्वकर्माले भने, ‘हामी साप्ताहिक हाटहरू नयाँ बजार, नेले बजार, तिङ्ला रमिते, पत्तालेमा तामाको भाडाहरू बेच्न लैजान्छौँ । तामाका सामानहरू बिहेको सिजनमा बढी बिक्छ तर यतिखेर तिहारले गर्दा डाली नै धेरै बिकीरहेको छ, हामीले यहाँ बनाएका डालीहरू त काठमाडौंदेखि तराई र पश्चिमसम्म पुग्छ, कर्मचारीहरूले किनेर लान्छन् ।’ यहाँ निर्मित तामाको डाली पछिल्लो समय सोलुको चिनोको रूपमा परिचित छ । काठमाडौंलगायतका स्थानहरूमा पनि मेसिनको प्रयोग गरी अहिले डाली निर्माण गर्न थालिए यहाँ बुट्टाहरू हातले नै निर्माण गर्ने भएकाले क्रेताको रोजाइ हातबाट नै निर्मित सामग्रीमा पर्नेगरेको व्यापारीहरू बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया