सेवा एपले स्टार्ट अप सेमिनार गर्ने
काठमाडौं । सेवा एपले स्टार्ट अप सेमिनार गर्ने भएको छ । पूर्णरुपमा निःशुल्क सेमिनार शनिबार बिहान १० बजेबाट स्किल सेवा प्राइभेट लिमिटेडको सभाहल बबरमहलमा हुने बताइएको छ ।
नेपालको सन्दर्भमा स्टार्ट अपको विगतको अवस्था, वर्तमान अवस्था र आगामी भविष्य मूलभूत विषय छन् । कतिपय मानिसहरु स्टार्टअप गर्ने सोच, जोस एवं जाँगरको साथमा हुन्छन् तर उनीहरुलाई कम्पनी सुरु गर्नुअगाडि आवश्यक पर्ने कानुनी प्रक्रियाबारे समेत अज्ञात हुने गर्दछन् । जसले गर्दा उनीहरुले पहिलो गाँसमै ढुङ्गाको अनुभूति गर्ने गर्दछन् । यसको लागि आवश्यक कानुनी प्रक्रियाको समग्र जानकारी समेत सेमिनारमा प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
स्टार्टअप कसरी गर्ने ? कुन क्षेत्रमा गर्ने ? स्टार्ट अपमा कस्ता समस्याहरु आउने गर्दछन् ? ती समस्याहरुको समाधान कसरी गर्ने भन्ने कुरा उदाहरणसहित सेमिनारमा प्रस्तुत गरिनेछ । आयोजकका अनुसार स्टार्ट अप कम्पनीहरु स्थापना हँुदा सबैले राम्रो गर्दछु, सफल हुन्छु भन्ने सोचका साथ स्थापना गरेका हुन्छन् तर सबै कम्पनी सफल हुँदैनन् तथापि हाम्रो देशको सन्दर्भमा भने अधिकांश स्टार्ट अप कम्पनीहरु असफल नै हुने गरेको देखिन्छ । सफल कम्पनी कसरी सफल भए र असफल कम्पनीहरु कसरी असफल भए भन्ने कुराहरु केस स्टडी माध्यमबाट सहजीकरण गरिने बताइएको छ ।
भनिन्छ, योजनामुताबिक कुनै काम सुरु गर्नु भनेको काममा आधा सफलता प्राप्त गर्नु हो । स्टार्ट अप सुरु गर्नुपूर्वका आधारभूत आवश्यकता के–के हुन् ? कुन रणनीति अपनाएको खण्डमा स्टार्ट अप असफल हुन पाउँदैन ? कुन व्यवसायको निकट भविष्य उज्जवल छ भन्ने कुरा समेत सेमिनारको विषय क्षेत्र छ । व्यवसायको सुरुवाती त धेरैले गर्ने गर्दछन् तर उनीहरु टिक्न भने सक्दैनन् । यही समस्यालाई समाधान गर्ने हेतुले सेमिनार आयोजना गरिने भएको हो । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने सोच भएका, लगानी गर्न पुँजी भएका तर अवसर र योजना नभएका र विद्यार्थी वर्ग एवं व्यवसाय गर्न चाहने अरु सबैले सेमिनारबाट लाभ लिन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया