काठमाण्डौं,फागुन २३
प्रधानमन्त्री केपी ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा छटपटाइरहँदा पनि सरकारविरोधी मोर्चा बनाएर बसेका सत्तारुढ नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले आप्mनो निवासमा सरकारविरोधी मोर्चाको बैठक र छलफल गर्न छाडेका छैनन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको भोलिपल्ट फागुन २२ गते बिहानै खुमलटारमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य भेटवार्ता भएको छ । बिहीबार बिहान साढे ८ बजेदेखि उनीहरुबीच गोप्य भेटवार्ता भएको थियो । गोप्य वार्ता सुरु भएको १५ मिनेटपछि सो वार्तामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी भएका थिए । त्यसपछि सो वार्ता निर्बाध रुपमा १० बजेसम्म चलेको थियो । उनीहरुबीचको वार्ता सकिएलगत्तै सरकारविरोधी खेमाका नेकपाका प्रभावशाली नेता भीम रावल प्रचण्ड निवास पसेका थिए र उनले अध्यक्ष प्रचण्डसँग भण्डै ४० मिनेट वार्ता गरेर त्यहाँबाट बाहिरिएका थिए । बिहीबारको बैठकमा भाग लिन नेता रावलले सशस्त्र प्रहरीकै गाडी प्रयोग गरेका थिएनन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने त्यारी भइरहेको दिन बुधबार पनि बिहानै प्रचण्डनिवास खुमलटारमा बिहान ७ नबज्दै प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच गोप्य वार्ता सुरु भएको थियो । उनीहरुबीच गोप्यवार्ता सकिए पछि सो वार्तामा पहिला सांसद प्रभु शाह र त्यसको आधा घण्टापछि पूर्वमन्त्री मातृका यादव सहभागी भएका थिए । उक्त बैठकबाट नेता नेपाल सवा ८ बजे आसपासमा बाहिरिएका थिए । त्यसलगत्तै रक्षासचिव रेश्मीराज पाण्डेले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । २१ गते नै खुमलटार पुगेर गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, नेता देव गुरुङ, नेता जनार्दन शर्मा र नेता देवेन्द्र पौडेलले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच साँझ ७ बजेदेखि राति ९ बजेसम्म भेटघाट भएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि पूर्वमाओवादी पक्षीय नेताहरुबीच यसरी भेटवार्ता भएको थियो ।प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुनुअघि हरेक दिन नेकपाका चार ‘चण्डाल’ भनिने अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालबीच भेटवार्ता हुने गरेको थियो । तर पछिल्लो समय गौतम र खनालको ‘मुभमेन्ट’ कम हुँदै गएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया