कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कर्मस बैंक लिमिटेड (एनसीसी)ले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकले मर्जरमार्फत आइतबारबाट कुमारी बैंक लिमिटेडको नामले एकीकृत कारोबार सुरु गरेका हुन् ।
एकीकृत कारोबारको लागि कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड १ः१ सेयर अनुपात कायम भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्ष कुमारी बैंक लि.का अध्यक्ष अमिर प्रताप जबरा तथा साबिकको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्तरूपमा समुद्घाटन गरेपछि कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।
सो कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तन्यमार्फत नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको र कुमारी बैंक लिमिटेडले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरूका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधाहरू पनि ल्याउने विचार व्यक्त गरे ।
मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यसैगरी मर्जरपश्चात् कुमारी बैंक लिमिटेडले चार सय १५ वटा स्थानहरूबाट आफ्ना आधुनिक सुविधाहरू प्रदान गर्ने भएको छ । जसमा तीन सय छवटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ इकाइहरू तथा एटीएम संख्या तीन सय ४५ रहनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया