उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बुधबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बुधबार भेटवार्ता गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको थियो ।
परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न आग्रह गरे । उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे । साथै, सरकारले परिसंघले अघि बढाइरहेको ‘मेक इन नेपाल’ अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै सहकार्य गर्ने प्रतिबद्धता जनाए । यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।
यस्तै परिसंघको छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएका कार्यान्वयन गर्न सकिने सुझावहरु परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता जनाए । रोजगारीको अभावमा पलायन भइरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ थियो । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई परिसंघका उपाध्यक्षहरु निर्वाण चौधरी, राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर तथा परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया