डीएभी कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेजले ठूलो धन राशीको कलेजस्तरीय चौथो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशीमा वृद्धि गरी विजेता टिमलाई तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने कलेजले उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया