कृषि विकास बैंकको नाफा १२ करोड ८९ लाख रूपैयाँले ऋणात्मक
काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ८९ लाख ३३ हजार पाँच सय ७४ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ४२ करोड २५ लाख १२ हजार पाँच सय ८२ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६२ करोड छ लाख २७ हजार सात सय ६३ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा एक खर्ब ७२ अर्ब ८४ करोड ७९ लाख ८० हजार ९१ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब ८५ करोड ७५ लाख ९४ हजार दुई सय चार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ७२ करोड ९२ लाख ४७ हजार एक सय ७४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भन दुई अर्ब ६१ करोड छ लाख २८ हजार छ सय ८१ रूपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ७४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने चार रूपैयाँ ४३ पैसाले ऋणात्मक रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६६ अर्ब ५९ करोड दुई लाख ६६ हजार दुई सय १६ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७३ अर्ब ३१ करोड ४९ लाख ७२ हजार तीन सय ८१ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७४ करोड २७ लाख ८० हजार एक सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया