माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरसँग बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापश्चात् बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने काठमाडौंको बसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा पाँचदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौताअन्तर्गत भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, टीएमटी, डिजिटल एक्स रे, डेन्टल सर्भिसलगायतका अन्य सेवाहरूको शुल्कमा उक्त छुट प्रदान गर्नेछ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरूको शुल्कमा न्यूनतम पाँचदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यसप्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया