आजदेखि १३ दिनसम्म विदेशीले मलेसिया जान नपाउने
क्वालालम्पुर, चैत ५
मलेसियाले आज बुधबारदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ । प्रधानमन्त्री मुहिद्दिन यासिनले आगामी मार्च ३१ सम्मका लागि स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने बताएको एजेन्सीहरुले जनाएका छन् । अत्यावश्यक उपभोग्य वस्तु अभाव रोक्न सुपरमार्केट, फुडस्टोर र औषधि पसलहरु भने खुल्ला रहनेछन् । उक्त अवधिमा कुनै पनि मलेसियालीलाई विदेश जान र विदेशबाट मलेसिया प्रवेश गर्नेलाई पनि रोक लगाइएको छ ।
विश्व महामारीको रुप लिएको कोरोना भाइरस थप फैलिन नदिन यस्तो निर्णय गर्नुपरेको प्रधानमन्त्री मुहिद्दिनले देशवासीलाई सम्बोधनका क्रममा जानकारी दिएका हुन् । यो निर्णयपछि प्रार्थना, भेलालगायत सबै प्रभावित हुनेछन् । विदेशबाट भर्खरै मलेसिया आएका सबैलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । मलेसियामा नयाँ १ सय २५ जनामा कोरोना संक्रमण भेटिइसकेको छ । योसँगै कुल ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ बिरामी उपचारपछि स्वस्थ भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया