सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका सहायक प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहालका अनुसार गोरखा आरुघाट गाउँपालिका–५ स्थायी वतन भई हालकाठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरुङलाई शुक्रबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका गुरुङलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । गुरुङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया