दुवाकोटमा नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर
भक्तपुर, चैत ६
नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन)काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो काठमाडौँंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुनेछ ।
यो काउन्टर नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)को १७औं एक्सटेन्सन काउन्टर हो, जो हाम्रा ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु-याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ८२ शाखा, एक सय २४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ । यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेडिङ एजेन्सी–नेपाल)द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको समेत बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया