मोरङ व्यापार संघले बाँड्यो सेनिटाइजर
काठमाडौं, चैत १०
कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको अवस्थामा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोक थाम र नियन्त्रण कार्यमा सहयोग पु-याउने उद्देश्यले मोरंग व्यापार संघले सेनिटाइजर वितरण गरेको छ । संघले मोरङभरिका नौवटा शाखाहरु र प्रदेश तथा जिल्लास्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गर्न एक लाख १० हजार रुपैयाँबराबरको सेनिटाइजर सहयोगस्वरुप उपलब्ध गराएको हो ।
संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङ जिल्लाभरका आफ्ना शाखाहरु रंगेली उद्योग वाणिज्य संघ, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटांग उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लावारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ र केरावारी व्यापार प्रबन्ध समितिका अध्यक्षहरु एवं प्रतिनिधिहरु मार्फत उक्त सेनिटाइजर वितरण गरेका हुन् । संघले सर्वसाधारणलाई आफ्नो भवनअगाडि साबुनपानीको व्यवस्था समेत गर्ने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया