भायानेटको एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित दुई जीबीपीएस एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ कम्पनीले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ ।
एक्सजीएस–पिओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो, जसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ । हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (जीपीओएन)मा आधारित छ । हाल, गिगाबाइट प्यासिभ अप्टिकल नेतवर्क (जीपीओएन) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो, जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएसको अपलोड गति छ । अब एक्सजीएस–पिओएनको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
भायानेट कम्युनिकेसनले नेपालको पहिलो दुई जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो । एक्सजीएस–पीओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ । अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन् । यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि–डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङजस्ता नयाँ–नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्नेछ । हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजिएस–एक्सट्रिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यद्यपि कम्पनीले छिट्टै आफ्नो एक्सजीएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको बताएको छ ।
सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर–टू–द–होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्याएको थियो । त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन ग¥यो । कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ । भायानेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठकले नेपालमा नवीनतम प्रविधिमार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउन कम्पनी प्रतिबद्ध रहेको बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रिन आवास कर्जा
- नेपालमा गोगोरो ब्याट्री स्वापिङ र क्रसओभर जिएक्स२५० स्कुटर सार्वजनिक
- सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा
- राकुटेन भाइबरले सबै सरकारी निकायसँग सम्झौता गर्ने
- लगानी सम्मेलनको प्रतिबद्धता र नयाँ सरकारको आवश्यकता
- खरर्बौं लगानीको होटलले उद्योगको मान्यता कहिले पाउने ?
- डढेलोको प्रकोपप्रति सरकारी उदासीनता
- वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया