कोरोनाको प्रकोपबाट बच्न यतिबेला देश नै गाउँतर्फ केन्द्रित भएको छ । सरकारले लामोदूरीको यातायातको अन्तिम दिन निर्धारण गरेको समय आइपुग्दासम्म सहरहरू खालीजस्तै देखिए । अन्तिम समयमा बसपार्कमा देखिएको भीडले पनि धेरै कुरा बताउँछ । भनेको समयमा टिकट नपाइएको र पाए पनि परलभन्दा धेरै बढी तिर्नुपरेका गुनासो यात्रुहरूको रह्यो । खासगरी उपत्यकाबाट पूर्व र पश्चिम जाने लामोदूरीका यात्राको सन्दर्भमा देखिएका र भोगिएका विवरण हुन्, यी । यसले हरेक नागरिक उपत्यका छोड्न नै चाहेको कुरा बुझाएको छ । विशेषगरी दशैं र तिहारमा उपत्यका यसप्रकारले खाली हुनेगरेको थियो । उपत्यकामा कोरोनाको कहर वा भनौँ यसको भय प्रकट हुनासाथ विभिन्न आवाश्कीय वस्तुहरूको आभाव देखिन थालेको हो । अत्यावश्यक वस्तुहरू प्रशस्त रहेको भनेर सरकारले भन्दाभन्दै पनि बजारमा कृत्रिम अभाव देखाउने प्रयास गरियो भने उपभोक्तहरू सामान घरमा थुपार्नतिरै लागे । त्यसकारण रोगभन्दा अझ पछि के होला भन्ने सन्त्रासले पनि मान्छेलाई आफ्नो गाउँघरतिर ओइरो लाग्ने पे्ररणा दियो ।
यो एकप्रकारले ‘गाउँफर्क’जस्तै थियो । गाउँ फर्कनु नराम्रो होइन । केवल बेला–कुबेला भन्ने मात्र हो । राजधानीबाट जति टाढाका भए पनि अहिले राजधानी छाड्नेहरूको कर्मथलो राजधानी नै हो । यो ठाउँ यतिबेला एकप्रकारले सुनसान नै भएको छ । यो भनेको सहरको अवस्था गाउँ प्रवेश गरको हो । खासगरी महामारीका सन्दर्भमा त यो चिन्ताजनक पनि छ । त्यो ठाउँमा केही भइहाल्यो भने जोगिन सहरका भन्दा बढी गाह्रो हुन्छ । कुनै पनि सरुवा महामारी आइपर्दा गाउँमा धेरै ठूलो क्षति हुनेगरेका विगत छन् । राजधानी नजिकको सिन्धुपाल्चोक र केही टाढाको जाजरकोट पछिल्लो उदाहरण हुनुपर्छ । सिन्धुपाल्चोकमा तत्कालै उपचार पुगेको कारण ठूलो क्षति हुन पाएन तर जाजरकोटमा भने झण्डै दर्जनजतिको ज्यान गएपछि मात्र राज्यको ध्यान गएको थियो । यता रोगचाहिँ सामान्य थियो, मौसमी फ्लू ।यतिबेला सरकारको दायित्व हुन्छ, गाउँलाई संक्रमित हुनबाट रोक्नु, संक्रमण देखिए तत्काल त्यसलाई नियन्त्रणमा लिएर विस्तार हुन नदिनु । यतिबेला गाउँमा पुगेको नागरिक त्यस्तो हो, जो सधैँ भीडभाडमा नै थियो ।
कोरोनाको प्रकृति लामो समयपछि मात्र जानकारीमा आउने खालको छ । त्यसमाथि शंका लागेको अवस्थामा परीक्षणको प्रविधि पनि सहज छैन । यस्तो बेला बाहिरबाट गएको जनसंख्यालाई निगरानीमा राख्न जरुरी छ । छिमेकी भारत खुला सीमाना जोडिएको देश हो । यतिबेला भारत यो प्रकोप विस्तार हुने क्रमको उच्च दरमा छ । त्यताबाट पनि यही समयमा ठूलो संख्या गाउँ प्रवेश गरिसकेको छ । यी नाकाबाट पछिल्लो समय दिनको लाख पुग्नेगरी नेपाल प्रवेश भएको छ । त्यसकारण पनि अब गाउँतिर ध्यान जान आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया