नुवाकोट । जिल्लाका सुनचाँदी व्यवसायीहरुले सुनको चरम अभाव भोगिरहेको गुनासो गरेका छन् । माग अनुसारको सुन नहुँदा व्यवसायी पुरानो सुन खरिद गर्न बाध्य भएको उनीहरुको गुनासो छ । नुवाकोट सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न नवौँ र १०औँ वार्षिक साधारणसभामा सहभागी व्यवसायीहरुले हालसम्म जेनतेन माग धानिरहे पनि आगामी दिनमा माग धान्न मुस्किल हुने बताए ।
संघका अध्यक्ष भीमराज बज्राचार्यले संघले बैंकमार्फत गत आ.व.२०७७/०७८ र ०७८/०७९ मा २३ केजी सुन प्राप्त गरेको जानकारी दिए । जिल्लामा मासिक पाँच केजी सुनको माग रहे पनि बैंकमार्फत एक केजी मात्र सुन पाइने गरेको उनले गुनासो गरे ।
नुवाकोट उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी संघ नुवाकोटको वरिष्ठ सल्लाहकार शरण उत्सुक सापकोटाले सुनचाँदी व्यवसायले वार्षिक लाखौँ राजस्व बुझाए पनि सरकारले व्यवसायीको समस्या समाधान गर्न चासो नदेखाएको बताए । सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरूले मात्र आयात र बिक्री गर्न पाउने नियन्त्रित बजार व्यवस्था गरेर व्यवसायीलाई अपमान गरिरहेको उनले बताए । यस्तै संघका सदस्य ईश्वर सुनारले सुनको मूल्य बढे पनि माग नघटेको तर सुन खरिद गर्न नपाएको बताए ।
साधारणसभामा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सुनचाँदी व्यवसायलाई घरेलु उद्योगको रूपमा विकास गरी स्थानीय युवायुवतीलाई सीपमूलक तालिम दिएर लाभ लिन सकिने बताए । परम्परागत गरगहना बनाउन स्थानीय कालिगढ निर्भर हुनसक्ने गरी प्रशिक्षण दिन नगरपालिकाले संघसँग समन्वय गर्ने समेत बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया