उपचार सहायता कोषमा रु. ५७ लाख जम्मा
मङ्गलवारे । रकम अभावमा उपचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरु’ नामक संस्थाको कोषमा रु. ५७ लाख जम्मा भएको छ । इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो ।
संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु. ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले राससलाई जानकारी दिए । वि.सं. २०७२ मा स्थापना भएको संस्थामा सात वर्षको अवधिमा उक्त रकम जम्मा भएको हो ।
संस्थामा सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनिएपछि नगद पाँच हजार वितरण गर्दै आइएको छ । संस्थाबाट हालसम्म दुई सय ३७ जनाले सहयोग प्राप्त गरेको सचिव रीता अधिकारीले बताइन् ।
अक्षय कोषको रकम रू. एक करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । संस्थाको अक्षय ९१ जना सदस्य आवद्ध छन् । पछिल्लो समय संस्थामा विभिन्न सङ्घ संस्था बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ । व्यक्तिगतरुपमा जन्मदिन, खर्च, विवाह वर्षगाँठ तथा उत्सवमा गरिने अनावश्यक खर्चबाट कटाएर भए पनि संस्थामा सहयोग गर्ने क्रम बढेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया