भारतमा गुगलविरुद्धको १६ करोड डलर जरिवाना सदर
नयाँ दिल्ली । भारतीय पुनरावेदन अदालतले सरकारी नियामकले गुगलविरुद्ध लगाएको १६ करोड अमेरिकी डलर जरिवाना सदर गरेको छ । एन्ड्रोइडको बजार प्रभुत्वसँग सम्बन्धित मुद्दामा अमेरिकी प्रविधि कम्पनीविरुद्ध उक्त जरिवाना लगाइएको थियो ।
बीबीसीका अनुसार द न्याशनल कम्पनी ल अपलेट ट्रिब्यनल (एनसीएलएटी) ले कम्पिटिसन कमिसन अफ इन्डिया (सीसीआई) ले गरेको कारबाही सही भएको बताएको छ । गुगलमाथि १० एन्टिट्रस्ट डिरेक्टिभ्समध्ये चारवटा लगाइएको छ । ९५ प्रतिशतभन्दा धेरै भारतीय स्मार्टफोनले एन्ड्रोइड सिस्टम प्रयोग गर्छन् ।
अक्टोबरमा सीसीआईले अधिक बजार प्रभुत्व प्रदर्शन गरेको भन्दै गलत व्यावसायिक अभ्यासका लागि जरिवाना गरेको थियो । उसले गुगललाई एन्ड्रोइड इकोसिस्टममा धेरै परिवर्तन गर्न भनेको थियो । जसमा उत्पादकहरुलाई पहिले नै गुगल एपहरु इन्स्टल नगर्न र प्रयोगकर्तालाई डिफल्ट सर्च इन्जिन छान्न दिनेलगायका कुरा समावेश थिए ।
एन्ड्रोइड स्मार्टफोनका उपभोक्ताले उजुरी गरेपछि सन् २०१९ मा नै यसलाई लिएर अनुसन्धान सुरु भएको थियो । गुगलले खेपेको यो मुद्दा युरोपमा सामना गरेजस्तै रहेको छ । युरोपमा कम्पनीविरुद्ध पाँच अर्ब अमेरिकी डलर जरिवाना गराइएको थियो । बजारबाट अनुचित लाभ उठाएको गुगलमाथि त्यतिबेला आरोप लागेको थियो ।
भारतमा जरिवाना भोग्नुपर्ने अवस्था आएपछि कम्पनीले भारतीय सर्वोच्च अदालतमा अभियोगविरुद्ध चुनौती पेस गरेको थियो । सो क्रममा उसले सीसीआईले भनेअनुसार परिवर्तन गर्दा ११ सयभन्दा बढी डिभाइस उत्पादक र हजारौँ एप विकासकर्तासँग व्यवस्थापन नै बदल्नुपर्ने जिकिर गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया