मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्यान्डमार्कमा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ‘ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट प्रालि’का विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले ‘ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट प्रालि’अन्तर्गत विभिन्न स्थानमा सञ्चालित होटल तथा रिसोर्टमा छुट पाउनेछन् । बैंकका अनुसार काठमाडौं, पोखरा र चितवनमा रहेका होटेलहरूमा ऐकोमोडेसन, फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
बैंकले ‘मुक्तिनाथ विशिष्ट कर्जा’ योजनाअन्तर्गत दुई करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजात पूरा गरेको तीन कार्यदिनभित्र स्वीकृत गर्ने समेत जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया