आसियाना बासमती चामल नेपाल भित्रिएको एक वर्ष पूरा
काठमाडौं । आसियाना बासमती राइस (चामल)को नेपालका लागि आधिकारिक बिक्रेता रानी साती इन्टरनेशनल प्रालिले नेपालमा कारोबार सुरु गरेको एक वर्ष पुगेको छ । सो अवसरमा कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो ।
व्यापार सुरु भएको एक वर्ष पुगेको अवसरमा कम्पनीले वार्षिकोत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आसियाना बासमती चामलका उत्पादक जीआरएम फुड्सका प्रबन्धनिर्देशक यासिल गार्गले नेपालमा विश्वस्तरीय चामल नै उपलब्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपाल, भारत तथा विश्वका धेरै देशहरुमा बिक्रीवितरण भएको आसियाना बासमती चामल काठमाडौंलगायत पूरै देशभर बिक्री विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरुमाझ एक वर्षमै निकै रुचाइएको मूलायम तथा बास्नादार चामलको ब्राण्डमा परेको कम्पनीको दाबी छ । कार्यक्रममा देशैभर छरिएर रहेका ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहारस्वरुप विभिन्न उपहार उपलब्ध गराएको हो ।
सन् १९९० मा स्थापना भएको यस कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चामल उपलब्ध गराएकोे छ । ५० वर्षभन्दा पुरानो कम्पनीद्वारा उत्पादित यो चामल हरियाणाको प्रख्यात चामल हो । रानी सातीले नेपालमा आसियाना चामलसँगै विभिन्न उत्पादनहरु पिसा आटा, रामदेव तेल, इन्दु शंकर चिनी तथा राज हंस तेलजस्ता उत्पादनहरु बिक्रीवितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया