दोषी नछुटुन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै बिहीबार बिहान गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव बाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, र हुँदैन ।’
प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले भने, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी लागेको हो भन्ने हामीले बुझ्नुपर्छ ।’ उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया