सांग्रिला डेभलपमेन्ट बैंकले साइकल -यालीको आयोजना गर्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल -यालीको आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल -यालीको आयोजना गर्न लागेको हो ।
बैंकले गतवर्ष वातावरण दिवसका दिन पहिलो बृहत् साइकल -याली सफलतापूर्वक सम्पन्न गरेकोमा यसवर्ष पनि अझ सशक्तपूर्वक धेरैभन्दा धेरै सहभागिता जुटाई बृहतरूपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रो ‘साइकल -याली, २०८०’ को आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल -यालीमा बैंकका कर्मचारी, ग्राहक र सेयरधनीहरूको उत्साहजनक सहभागिता हुनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकका अनुसार साइकल -याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट सुरु भई लगभग १० किमिको यात्रापश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल -यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवर्द्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकलजस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
यसर्थ, यस साइकल -यालीमा सहभागिताको निम्ति नाम दर्ता गर्नसमेत बैंकले आह्वान गरेको छ । -यालीमा सहभागी स्वयंले साइकल एवम् अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । -यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनोस्वरूप बिरुवा प्रदान गरिने बैंकले जानकारी दिएको छ । यसैगरी -यालीमा नाम दर्ता गर्ने पहिलो तीन सय जनालाई टिसर्टको व्यवस्था गरिएको र ‘लक्की ड्र’बाट एकजना भाग्यमानी सहभागीलाई साइकलसमेत वितरण गरिने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया