बैतेश्वरका दुई ग्रामीण सडक कालोपत्रे
दोलखा । चालु आर्थिक वर्षको करिब ९० प्रतिशत साना योजनाको काम सकेर भुक्तानीसमेत गरिसकेको जिल्लाको बैतेश्वर गाउँपालिका ठूलो योजनाको काम पनि पूरा गर्नतर्फ केन्द्रित बनेको छ । गाउँपालिकाले हाल करोड रुपैयाँमाथिका योजनाको काम धमाधम गरिरहेको छ ।
पालिकाको प्रत्येक आर्थिक वर्षमा आफ्नै लगानीमा चार किलोमिटर ग्रामीण सडक ढलान तथा कालोपत्रे गर्ने योजनाअनुरूप चालु आर्थिक वर्षमा चार वटा ग्रामीण सडकको कालोपत्रे तथा ढलान गर्ने कामलाई तीव्रता दिएको हो । गाउँपालिका अध्यक्ष छवि लामाले पाँच वर्षभित्र मुख्य ग्रामीण सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । पालिकाले गत आइतबारदेखि दुईवटा मुख्य ग्रामीण सडक देउराली– क्षत्रपा र बुस्ती–पुतलीकाठ सडकको कालोपत्रे गर्न सुरु गरेको छ । गाउँपालिकाले यी दुई सडकको कालोपत्रे गर्न यस आवमा दुई करोड बजेट विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले पालिकासँगको समपूरक अनुदानअन्तर्गत दुई करोड बजेट विनियोजन गरेको थियो ।
चालु आवमा देउराली–क्षत्रपा सडकखण्डमा एक किलोमिटर सडक पिच हुनेछ भने बुस्ती–पुतलीकाठ सडकखण्डमा नौ सय ५० मिटर सडक कालोपत्रे हुने गाउँपालिका सब–इन्जिनियर विश्वास घिमिरेले जानकारी दिए । यसअघि देउराली–क्षत्रपा सडकखण्डमा दुई सय ८० मिटर सडक ढलान गरिसकिएको छ । त्यस्तै, पालिकाले गोपी–जोरमाने सडकखण्डमा पनि आठ सय मिटर सडक ढलान सम्पन्न गरिसकेको छ । पालिकाको नाम्दु–पाडु सडकमा पनि कालोपत्रे गर्ने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया