हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
काठमाडौ । पर्यटन प्रवर्द्धनका लागि हुन लागेको हिमालयन ट्राभल मार्टमा पाँचवटा देशले सहभागिता जनाउने भएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा राजधानीमा यही मंगलबारदेखि शुक्रबारसम्म चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।
मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । जसमा ५० क्रेता र ५० विक्रेताले सहभागिता जनाउनेछन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् । कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन गर्ने तयारी रहेको सिईओ बुडालको भनाइ छ ।
उनका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ । ‘रि–कनेक्टिङ, रि–बिल्डिङ र रि–इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवर्द्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ । मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो । सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा आयोजना हँुदै आएको मार्ट कोभिड–१९ महामारीका कारण सन् २०१९ पश्चात् आयोजना हुन सकेको थिएन । नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटनमैत्री गन्तव्यको बलियो ब्राण्डका रूपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया