अफगानिस्तानमा एक हजार पाँच सय मेगावाट विद्युत् आवश्यक
अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले एक हजार पाँच सय मेगावाट बिजुली आवश्यक रहेको जनाएको छ । तालिबान सरकारको ऊर्जा तथा जल विभागले अहिले देशमा विद्युत् अभाव भइरहेको जनाएको छ ।
अहिले अफगानिस्तानले सात सय २० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, ‘सामान्यतया हाम्रो आन्तरिक उत्पादन पाँच सय ६५ मेगावाट छ । सिंगो देशलाई एक हजार चार सयदेखि एक हजार पाँँच सय मेगावाट विद्युत् आवश्यक पर्छ ।’ उनका अनुसार देशमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ ।
अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युत्ले धेरै क्षेत्रमा सेवा पु-याउँदै आएको छ । यहाँका मुख्य विद्युत् बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् ।
सन् २००९ मा लगातारको विद्युत् अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च इन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन ।
यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता एक कसय पाँच मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत् लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ, स्टेसनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए ।
अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एसियाबाट आयात गरिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया