Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेली बाइकको लकडाउन अफर

बेनेली बाइकको लकडाउन अफर


काठमाडौं, जेठ ९
इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले नेपालका आफ्ना ग्राहकहरुलाई लकडाउन अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई लकडाउन अफरअन्तर्गत ८ सय रुपैयाँ क्यास ब्याक, बेनेली सुरक्षा गियर (हेल्मेट, ग्लोभज, ग्याकेट) र एक वर्ष निःशुल्क सेवा (इन्जिन तेल र तेल फिल्टरसहित) दिने भएको छ । ग्राहकले तीनमध्ये कुनै पनि अफरको चयन गर्न सक्नेछन् । उक्त अफर १ महिनाको लागि मान्य हुने तथा अफर सेवा सबै बेनेल्ली शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुनको लागी विजेन्द्र डट सिंह एट वेनेली डट कम डट एनपीमा इमेल गर्न सक्दछन् वा ग्राहकहरूले ९८०१२३३०२५ मा सिधै कल गर्नसक्ने कम्पनीले जनाएको छ । नेपालको लागि बेनेलीको अधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो । कम्पनी ले ३एस (सेल्स्, स्पेएर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गरौदै आइरहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया