Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभूकम्प प्रभावितलाई टेन्ट हस्तान्तरण

भूकम्प प्रभावितलाई टेन्ट हस्तान्तरण


काठमाडौं । जाजरकोटका भूकम्प प्रभावितलाई विन्टराइजेसन टेन्ट हस्तान्तरण गरिएको छ । युरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका विन्टराइजेसन टेन्टहरू भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्दराज आचार्यले सोमबार जाजरकोटको भेरी (१ रावत गाउँमा सो टेन्टहरू हस्तान्तरण गरेका थिए । मन्त्री आचार्यले भूकम्पबाट प्रभावित समुदायहरूको संरक्षण, सुरक्षा र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । यस्तै, उनले जाजरकोटका भूकम्प प्रभावितका लागि सांसद विकास कोषको पाँच करोड रुपैयाँ उपलब्ध गराउने बताए । यस्तै, सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरूको सहकार्यबाट सम्भव भएको बताइन् । युरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेसन टेन्टहरूले अत्याधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र वृद्ध नागरिकहरूको ज्यान जोगाउने उनको भनाइ छ ।

भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिकासहित ३२ जनाको अत्याधिक चिसोको कारण मृत्यु भएको छ । गत मंसिर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई वितरण गर्न आठ सय थान विन्टर टेन्ट प्रदान गरेको थियो । अन्य सामान्य टेन्टहरूभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेसन टेन्टहरू अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया