Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला उद्यमी विकासका लागि हाते होजियारी बुनाइ तालिम

महिला उद्यमी विकासका लागि हाते होजियारी बुनाइ तालिम


काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा महिला उद्यमी विकासका लागि ११ दिने हाते होजियारी बुनाइ तालिम सञ्चालन गरिएको छ । भीमेश्वर नगरपालिकाको सहकार्यमा उज्यालो भविष्य नामक संस्थाले सो तालिम सञ्चालन गरेको हो ।

तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको थियो । तामिलमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे । महिलाहरूले बनाएका सामग्रीहरूलाई बजारीकरण गर्नका लागि नगरपालिकामा सञ्चालित कोसेली घरसँग सहकार्य गर्न सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका थिए । यस्तै, नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले तालिमलाई बालुवामा पानी हालेकोजस्तो हुन नदिन आग्रह गरिन् । उनले तालिम अवधिभर सिकेको सिपलाई आयस्रोत बनाउनुपर्नेमा जोड दिइन् । यस्तै, उनले महिलाहरूको दीर्घकालीन क्षमता विकासमा नगरपालिकाले ध्यान दिने बताइन् । तालिममा सहभागीलाई स्वीटर, टोपी, गलबन्दीलगायतका कपडा बन्न सिकाइएको आयोजक संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया