Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फिनिक्सको स्मार्ट ८ सिरिजका स्मार्टफोन सार्वजनिक

इन्फिनिक्सको स्मार्ट ८ सिरिजका स्मार्टफोन सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिजअन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोनहरू उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली छ हजार एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिङ सपोर्ट गर्नेछ । साथै, स्मार्ट आठ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४जीवी ¥याम र ६४जीवी रोममा १३ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीको स्मार्ट ८ प्रो स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइनसहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रोमा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्सका लागि यो फोनमा शक्तिशाली पाँच हजार एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिङ सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्रो ४ जीबी ¥याम र ६४ जीबी रोम तथा ४जीबी ¥याम र १२८जीबी रोममा क्रमश १२ हजार नौ सय ९९ रुपैयाँ र १३ हजार चार सय ९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लु, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया