Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’

अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’


काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट परीक्षण गरेको छ ।

‘एमजी ४ स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो । गत चैत १ गते बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सञ्जालका प्रभावकर्ताहरू सहभागी गराएको हो । धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ ईभीको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले हिलो बाटो, सार्प टर्निङ, हिल असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी ४ ईभीको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरूले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।

एमजीको डेडिकेटेड ईभी प्लेटफार्ममा बनेको पहिलो ईभी एमजी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो । यसो हेर्दा कम ग्राउन्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइएको कम्पनीले जनाएको छ । यस एमजी ४ ईभीमा रहेको हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्विल ड्राइभका कारण अप्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको सहभागीहरूले बताएका थिए । सहभागीहरूले टेस्ट ड्राइभपश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरूमा पनि सहजै चलाउन सकिनेमा विश्वस्त रहेको बताएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया