Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग६२० किमी रेन्ज दिने प्रिमियम ईभी यसयुभी सार्वजनिक

६२० किमी रेन्ज दिने प्रिमियम ईभी यसयुभी सार्वजनिक


काठमाडौं  । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाइनाको विश्व प्रख्यात ब्रान्ड स्काईबेल प्रिमियम लक्जरी ईभी यसयुभी नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त रियल ईभी यसयुभी भव्य समारोहको बीच सार्वजानिक गरिएको हो ।

कम्पनीको राधेराधे भक्तपुरमा रहेको स्काईबेल सोरुमको समुद्घाटन साथै, नौ थान गाडी ग्राहक माझ डेलिभरी समेत गरिएको छ । नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयू, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधी थोमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्तरूपमा सोरुमको समुद्घाटन गरी गाडीको सार्वजनिक गरिएको थियो । नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एवं नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दूरी एक सिङ्गल चार्जमा तय गर्ने बताइएको छ । साथै, एक सय ५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ । यस्तै, कम्पनीले एक वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिनाभरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी गराए ।

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयुभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ भित्र्याएको हो । स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा छ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५ दशमलव नौ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै, यो एसयूभीमा एक सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटी ५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया