Techie IT
×
गृहपृष्ठकर्पोरेटनयाँ वर्ष २०२० मा काठमाडौं मेरिएट होटलको छुट

नयाँ वर्ष २०२० मा काठमाडौं मेरिएट होटलको छुट


काठमाडौं, पुस १५
नेपालको राजधानीमा अवस्थीत काठमाडौं मेरिएट होटलले नयाँ वर्ष २०२० को अवसरमा ग्राहकहरुलाई विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज समावेश गरेको छ । साथै होटलले मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साझँ बल रुममा आयोजना गरेको छ । आरामदायीक साझँ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट ठमेल किचेनमा न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् । त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिने होटलले जनाएको छ । साथै होटलले अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया