‘राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सवारीसाधनहरूको आयातमा नै नियन्त्रण’

काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष सौरभ ज्योतिले सरकारले प्रदूषण बढेको कारण देखाउँदै सवारीसाधनहरूको आयातमा नै नियन्त्रण गर्न आरोप लगाएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) बीच शनिबार पोखरामा भएको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिन जरुरी रहेको बताए । त्यसका लागि नाडा र वाडा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
साथै उनले प्रदूषण नियन्त्रणको लागि वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘बढ्दो प्रदूषणले पर्यटकहरू कसरी पोखरामा आउँछन् त ? हामीले पनि प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्छ ।’ साथै उनले अटोमोबाइल वस्तुहरूको तथ्यांक राख्नु अत्यन्तै जरुरी रहेको बताए । यस्तो भएमा तथ्यगत रुपमा आफ्ना मागहरू सरकारसमक्ष राख्न सक्ने हुँदा आफूहरूका सबै मागहरू पूरा हुनसक्ने सम्भावना बढेर जाने उनको भनाइ थियो । साथै उनले नेपालमा अटोमोबाइल जर्नालिजम अघि बढ्न नसकेको सन्दर्भमा त्यसलाई अघि बढाउन नाडा र वाडाले सक्दो प्रयास गर्नुपर्ने बताए । उनले वाडालाई विज्ञ व्यक्तिहरूको सहयोगबाट कार्य गर्न र प्रदेशस्तरीय अटो शो कसरी गर्ने भन्ने बारेमा समेत सुझाव दिए ।
कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधिहरू प्रदेशस्तरीय एसोसिएसनहरूलाई जानकारी हुनुपर्ने तथा प्रदेशस्तरीय एसोसिएसनहरूको गतिविधिहरू पनि नाडालाई जानकारी हुनुपर्ने बताए । नाडाले सबै प्रदेशस्तरीय एसोसिएसनहरूमा पनि प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै लैजाने लक्ष्य लिएको उनको भनाइ थियो । साथै अहिलेको विधानमा सबै प्रदेशहरूलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनले बताए ।
कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोबाइल स्पेयर पार्टसहरू आयात गर्दा भन्सार नाकाहरूमा हुने समस्याहरूबारे जानकारी दिँदै त्यसको समाधानका लागि सुझावहरू दिएका थिए । उनले सबै व्यवसायीहरूले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने बताए । कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरूबीच विभिन्न विषयहरूमा विचारहरू आदानप्रदान भएको थियो । कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरू समेतको उपस्थिति रहेको थियो ।
यस्तै नाडाले शुक्रबार पोखरामा नै नाडाको केन्द्रीय कार्यसमितिको सातौँ बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले फागुन २१ गते नाडाको ४४औँ वार्षिक साधारणसभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो बैठकले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहने गरी चार सदस्यीय ४४औँ वार्षिक साधारणसभा तयारी समिति समेत गठन गरेको जनाएको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया