Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लान

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लान


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको छ । साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विशेष रुपमा तयार पारिएको सेवाबाट लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीहरुको सामना गर्नुपरिरहेको छ । यसै अवस्थाबीच एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।

यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ । आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकताबमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यवसायीहरुलाई नवसामान्यीकरण आत्मसात् गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्यप्राप्तिका लागि योगदान गर्दछ । नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ ।

साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि करबाहेक १ सय ४९ रुपैयाँबाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २ सय ९९ रुपैयाँबाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र बिजनेस आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात् परिवार तथा साथीभाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुनेजस्ता आकर्षक सुविधाहरु पाउँछन् ।

यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटीलगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन् । साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको १ सय ४९ रुपैयाँ वा १ सय ९९ रुपैयाँ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् ।

कर्पोरेट ग्राहकले २ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यालयका ग्राहकले १ सय ४९ रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मका ४ वटा प्लानहरुमध्ये आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ । बिजप्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया