Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार


काठमाडौं ।
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरी जीएसएम सेवाको विस्तार गरेको छ । करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधूरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।

करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसनमार्फत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।

त्यसैगरी, हाल जीएसएम प्रविधिमार्पmत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाउँबाट वायरलाइन सेवाअन्तर्गत उच्चगतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवासहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरी कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । उनका अनुसार यो सेवामार्पmत वायरलेस र वायरलाइन दुवै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरी सञ्चालन गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया