Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाद्वारा एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

नाडाद्वारा एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण रोकथामका लागि एपीएफ अस्पताललाई सहयोग हस्तान्तरण गरेको हो ।

नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क पाँच हजारवटा गरी कुल पाँच थरिका मेडिकेटेड सामानहरु उपलब्ध गराएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त सामग्री एपीएफ अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पतालकी प्रा.स प्र उपनिरीक्षक डा. मिना कुँवरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गरिँदै जाने बताए । त्यस्तै डा. कुँवरले बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु-याइदिएकोमा नाडालाई धन्यवाद दिँदै सहयोगस्वरुप प्राप्त मेडिकेटेड सामानहरु अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने बताइन् ।

हस्तान्तरण कार्यक्रममा अस्पतालका तर्फबाट प्रा.स.प्र उपरीक्षक तथा प्रवक्ता डा. प्रविन नेपाल, नर्सिङ्ग मेट्रोन प्रा.स.प्र नायब उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया