Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘रिफर एन्ड अर्न’ अफरका साथ ग्यापुका ग्राहकलाई जी–क्यास

‘रिफर एन्ड अर्न’ अफरका साथ ग्यापुका ग्राहकलाई जी–क्यास


काठमाडौं ।
अनलाइन सपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एन्ड अर्न’ अफरको सुरुवात गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले अनलिमिटेड जी–क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

ग्यापु मार्केटप्लेसका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काका अनुसार जी–क्यास कमाउनका लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरेबापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिवार्डहरु पाउन सक्नेछन् । ग्यापु एपमा दर्ता भएका जोसुकै ग्राहकले पनि यो अफरमा सहभागी हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर्ड गरेपछि त्यसलाई भेरिफाई गर्न सकिन्छ ।

आफ्नो एकाउन्ट इमेल अथवा मोबाइल नम्बरबाट भेरिफाई भइसकेपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जी–क्यास कमाउन सक्नेछन् । जी–क्यास ग्यापुले ल्याएको क्यास रिवार्ड अफर हो जुन ग्यापुबाट सामानहरु खरिद गर्ने बेलामा मात्र प्रयोग गर्न सकिनेछ । ग्यापु एप डाउनलोड गर्नेबित्तिकै ग्राहकले आफ्नो खातामा ५० रुपैयाँको जी—क्यास प्राप्त गर्नसक्नेछन् भने मोबाइल भेरिफाई गरिसकेपछि थप ५० पनि प्राप्त गर्नेछन् । हरेक ग्राहकले यसरी आफूले ग्यापु मोबाइल एप डाउनलोड गर्दा सय रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप ५० रुपैयाँ प्राप्त गर्नेछ । जति धेरै रिफर गर्न सक्यो त्यति नै धेरै जि—क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिनेछ । रिफरमार्फत डाउनलोड गरिएको ग्यापु एकाउन्टको जी–क्यासमा सय रुपैयाँ ब्यालेन्स हुनेछ भने सोही लिंक रिफर गर्दा थप २० रुपैयाँको ब्यालेन्स एकाउन्टमा जम्मा हुनेछ ।

रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र इमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुने कम्पनीले जनाएको छ । त्यस्तै निषेधाज्ञाको समयमा घर घरमा निःशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ सालभित्र मोबाइल एप डाउनलोड गर्नेहरुमध्ये एक जनालाई नयाँ कार उपहार दिने घोषणा पनि गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया