Techie IT
×
गृहपृष्ठकर्पोरेटरिचार्जरले अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर सस्तो मूल्यमा दिने

रिचार्जरले अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर सस्तो मूल्यमा दिने


काठमाडौँ ।इ–कम र्स प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले पाँच लिटर क्षमताको वाईयू–३०० अक्सिजन कन्सन्ट्रेटर ३९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

रिचार्जरको मोबाइल एपमा जेठ १४ गते शुक्रबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म पाँच घण्टा अवधिमा आउने बुकिङ तथा अर्डरमा मात्र उल्लिखित दरमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध हुनेछ । उक्त अवधिमा अस्पताल तथा घरायसी प्रयोजनका लागि जर्मन प्रविधिमा निर्मित ओगल्स ब्राण्डको पाँच लिटर क्षमताको कन्सन्ट्रेटर ७९ हजार रुपैयाँ र १० लिटरको एक लाख ५९ हजार रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उक्त अवधिमा पल्स अक्सिमिटर सात सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ भने चीनीयाँ पीपीई सेट एक हजार ९९, जीएचसी डब्लुएचओ स्यानिटाइजर १०० मिलिलिटर ९९ रुपैयाँका साथै कोभिड प्रोटेक्टिभ उपकरणहरु सस्तो मूल्यमा उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

रिप्लेसमेन्ट वारेन्टीसहित अक्सिमिटर उपलब्ध हुनुका साथै अस्पताल तथा व्यक्तिलाई सस्तो मूल्यमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।अर्डरका दौरान अग्रिम भुक्तानी गर्नेहरुलाई रिचार्जरले दुई प्रतिशत नगद इन्स्ट्यान्ट क्यासब्याक गर्नेछ । सेवाग्राहीले रिचार्जरमा उपलब्ध भुक्तानीका माध्यमबाट बुकिङ रकम भुक्तान गरेलगत्तै दुई प्रतिशत रकम सेवाग्राहीको बैंक खातामा फिर्ता हुनेछ ।

एनआईसी एसिया बैंकका क्रेडिटकार्डवाहकले १८ महिनाको किस्तामा सामान किन्नसक्ने व्यवस्था गरिएको छ । यसका लागि रिचार्जरबाट सामान खरिद गरेको बिल कार्डवाहकले बैंकलाई बुझाए पछि क्रेडिट कार्डबाट एकमुष्ठ भुक्तान गरिएको खरिद रकम बैंकले किस्ताबन्दीमा परिणत गरिदिनेछ ।

अस्पताल तथा धरायसी प्रयोजन मात्र नभई बैंक वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्थालगायत कार्यालयहरुलाई पनि उल्लिखित मूल्यमा कन्सन्ट्रेटर उपलब्ध गराइने ग्लाइडरले बताए । शुक्रबार १२ बजेदेखि ६ बजेसम्ममा आएका अर्डरको डेलिभरी २४ घण्टादेखि तीन सय ६५ घण्टाभित्र गरिने रिचार्जरले जनाएको छ ।

थोकमा कोभिडका सामान खरिद गर्न चाहनेले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको ग्लोबल कि टोक्नोलोजीमा सम्पर्क गर्न सक्नेछन् । गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सुचारु गर्दा एक हजार क्यास प्वाइन्ट पाइनेछ । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउनेछ भने यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया