Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक चढ्न पाइने

मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक चढ्न पाइने


काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैँ तिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र नौ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनेछन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दशैँ योजना ल्याएको हो । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुनेछैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, एक वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कार पारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया