खल्तीमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सहज
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।
आफ्नो ब्लुबुकको शुल्क विना कुनै झन्झट अनलाइनबाट नै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए पनि आगामी दिनमा यो सुविधा देशभरी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप वा यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइटमार्फत सहजै गर्न सकिन्छ ।
यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले विभिन्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्ने कम्पनीको भनाइ छ । त्यसका लागि खल्ती एपभित्र भएको गभर्नमेन्ट सर्विसेसमा रहेको ‘ब्लुबुक रिन्यु’मा नवीकरणमा ट्याप गरी आवश्यक विवरणहरू भरेर भुक्तानी गर्न सकिनेछ ।
नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेकाहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि एपमै उपलब्ध गराइएको जानकारी कम्पनीले दिएको छ । भुक्तानी गर्नासाथ नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले दश मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्सनमा गइ दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि भने ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया