काठमाडौं । सर्वाधिक मानिसहरुको चासो र पर्खाइमा रहेको बहुप्रतीक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरिएको छ । भारतको बजारमा अत्यधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाइपछि नेपाली बजारमा उपलब्ध भएको छ ।
फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खा आयात तथा बिक्री गर्ने बताइएको छ । विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गियरबक्स र एक्सल जडान गरिएको छ । फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुअल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुवै एक्सलमा), ३५ डिग्री ग्रेडिएबिलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तोसुकै बाटोमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ । साथै वल्की डिजाइन र बोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एलईडी हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स इन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्प्रिङ सस्पेन्सनजस्ता आकर्षक फिचर छन् ।
फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एमएम पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग, एबीएस, ईडीबी ब्रेक र रिभर्स पार्किङ सेन्सरजस्ता फिचर्स छन् । थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठूलो सिङ्गल विईन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । साथै यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया