Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिताची माइक्रोवेभ ओभन चार भेरियन्टसहित बजारमा

हिताची माइक्रोवेभ ओभन चार भेरियन्टसहित बजारमा


काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।

चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ शृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन रहेका छन् । हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने बताइएको छ । साथै, हिताचीले यी माइक्रो ओभनमा एक वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा पाँच वर्षको वारेन्टी दिएको छ ।

डिजिटल ग्रिल माइक्रोवेभ ओभन : डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर–डिजी२३१२ र एचएमआर–डिजी२०१२ ओभन २३ लि. र २० लि. क्षमतामा उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार एचएमआर–डिजी२३१२ (२३लि) मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आइनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ । यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ । साथै यसमा ग्लास ट्रे र ग्रिल ¥याक छ । पाँच माइक्रोवेभ लेभल– आठ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्क्सनल छ । यसको आठ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ । भान्साकोठा र खानाको लागि पकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन । यसको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

यस्तै एचएमआर–डिजी२०१२ (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ । यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ । यसमा छ माइक्रोवेभ लेभल, वन टच नौ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजनद्वारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् । यसको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

मेकानिकल माइक्रोवेभ ओभन : मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड एचएमआर–एम२००२ ओभन २० लि. क्षमतामा उपलब्ध छ । यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै ओगट्दैन । यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो रहेको कम्पनीले जनाएको छ । साथै यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ । यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यसको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

कन्भेक्सन माइक्रोवेभ ओभन : कन्भेक्सन माइक्रोवेभ ओभन– मोडल कोड एचएमआर–डिसी३२१२ ओभन ३२ लि. क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ । यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टिलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टिल क्याभिटीेका साथ डिजाइन गरिएकोे छ । माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्ने कम्पनीको भनाइ छ । यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ । यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ, जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया